Logo

मेघनाथ पहाडी

चैत्र ८, २०७८ मंगलबार

‘कमरेड’ बनिन् करिश्मा: एमाले जनताकाे पार्टी भएकाे दावी…


काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धर आजबाट एमाले पार्टी प्रवेश गर्दै ‘कमरेड करिश्मा’ बनेकी छन् । राजनीतिमा करिश्माको यो पहिलो ईन्ट्री भने हैन । यो भन्दा अगाडिनै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन् । नयाँ शक्तिमा निष्क्रिय भए सँगै एकाएक एमालेमा प्रबेश गरेकी हुन् ।

बाबुरामको दल छाडेर उनी बीचमा कमेडी विथ मुन्द्रेको टिभी सोमा व्यस्त भइन् । मुलुकमा राजा नै चाहिने रहेछ भन्ने अभिव्यक्ति समेत दिएकी करिश्माले अहिले एमाले पार्टीको सिद्धान्त मन परेका कारण र ओलीबाट प्रभावित भएका कारण एमाले प्रवेश गरेको बताएकी छन् ।

कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन् । ओलीले सोही बेलादेखि नै करिश्मालाई पार्टी प्रवेश गराउन पहल गरेका थिए ।

पार्टी प्रवेशको क्रममा करिश्माले पार्टीको कार्यकर्ता भएर आफू बस्ने तर आफ्नु काम मन परेको खण्डमा र जिम्मेवारी दिएको खण्डमा आफू पछि नहट्ने समेत बताएकी छन् । उनले एमाले पार्टी र पार्टी अध्यक्ष ओली देशै भर चर्चित रहेको र एमाले पार्टीको प्रभाव मुलुक भर भएको समेत बताएकी छन् ।

केही वर्ष अघि पनि बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति पार्टीमा समेत नयाँ जोस र ऊर्जा सहित अभिनेतृ करिश्माको प्रवेश भएको थियो । तर उनी बाबुरामको पार्टीमा समेत टिक्न सकिनन् । आगामी दिनमा ओली नेतृत्वको एमालेमा उनको भूमिका कस्तो रहन्छ भन्ने कुरा उत्सुकताका साथ हेरिएको छ।