Logo

मेघनाथ पहाडी

चैत्र १९, २०७८ शनिबार

खेलकुद संघद्वारा ओलम्पियन संगिना वैद्य सम्मानित


काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले ओलम्पियन संगिना वैद्यलाई सम्मान गरेको छ ।

नेपाल र नेपालीको गौरवलाई विश्वसामु परिचित गराउन ओलम्पियन वैद्यले खेलेको भूमिका प्रति कृतज्ञ रहदै किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्यारथनको अवसर पारी सम्मान गरिएको हो ।

नेपाली खेलकुद क्षेत्र मार्सल आर्ट तेक्वान्दो खेलमा एक सफल र प्रेरणादायी खेलाडीको रुपमा नेपालमा मात्र नभएर विश्वमा चिनियकी ओलम्पियन वैद्यलाई खेलकुद संघले सम्मान गरेको थियो ।

ओलम्पियन संगिना वैद्य २००४ को एथेन्स ओलम्पिक क्वालिफाई भएर खेल्ने पहिलो नेपाली खेलाडी हुन् । त्यसैगरी १२ औं एशियन तेक्वान्दो चेम्पियनसिपमा गोल्ड मेडल हातपार्ने पहिलो नेपाली खेलाडी ओलम्पियन वैद्य हुन् ।

नेपालमा भएको ८ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता बन्न सफल ओलम्पियन वैद्य पाकिस्तानमा भएको ९ औं दक्षिण एशियाली खेलकुदमा समेत स्वर्ण पदक जित्न सफल भएकी थिईन् ।

२०४७ सालबाट तेक्वान्दोमा प्रवेश गरेकी उनले खेल क्षेत्रलाई निकै प्रथामिकतामा राखेर देश तथा विदेशमा भएका धेरै प्रतिश्पर्धामा आफ्नो सफलता देखाएकी थिईन् । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रियताका साथ लागेकी उनी हाल राष्ट्रिय तेक्वान्दो टिमको प्रशिक्षक रहेकी छन् ।

शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सम्मानित गर्दा धेरै खुशी लागेको उनले बताईन् । खेलकुद क्षेत्रमा यस किसिमका सम्मान निरन्तर दिन आवश्यक रहेको उनको धारणा छ । जसले यस क्षेत्रमा लाग्ने नयाँ खेलाडीमा उत्साह र पुराना खेलाडीहरुलाई गौरव महशुस हुने उनको भनाई छ ।

विगत केही वर्ष देखि खेल क्षेत्र व्यवसाहिक क्षेत्र बनेको भन्दै ओलम्पियन संगिना वैद्यले खेलकुद क्षेत्रमा आउन युवाहरुलाई अनुरोध गरेकी छन् । पछिल्लो समय नेपाली महिला खेलाडीहरुको उत्साह जनक उपस्थिति रहेको छ । महिला खेलाडीहरुलाई यस क्षेत्रमा लाग्न थप प्रोत्साहन गर्न आवश्यक रहेको उनको धारणा छ ।

संपुणर् नेपाली र नेपालको सिर उँचो राख्नेगरि प्रतिश्पर्धा मार्फत पहिलो महिला ओलम्पियन खेलाडीका रुपमा वैद्यले कायम गरेको ईतिहास स्वणर् अक्षरले लेखिएको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सम्मान गरेको थियो ।