Logo

बागमती पेज

चैत्र २७, २०७८ आईतबार

पशुपति क्याम्पसमा अध्ययनरत छात्रा जगडोल जंगलमा मृत फेला


काठमाडौं । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।

पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।

https://subisu.net.np/

घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।