Logo

मेघनाथ पहाडी

चैत्र २८, २०७८ सोमबार

हामी महिला पनि प्रमुख बन्न सक्षम छौं : पार्वती सुनुवार


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आफ्नो उम्मेदवारी दावी गर्ने युवाहरुको संख्या बढ्दो रहेको छ । निर्वाचन नजिकिए सँगै प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले फिक्कलको अध्यक्षमा आफ्नो उम्मेदवारी दवी गरेकी छन् । ०७४ सालमा भएको निर्वाचनमा धैरै स्थानीय तहको नेतृत्व पुरुषहरुले गर्नुभएको थियो । अब हुने निर्वाचनमा महिलालाई कमजोर सोचेर टिकट नदिने खालका प्रवृतिको अन्त्य गर्ने उनको भनाई छ ।

महिलाहरुलाई दिएको समानता किताबका पानामा मात्र सिमित भएको छ । नेत्रृ सुनुवारले भनिन्, यस्ता किसिमका बोलिमा समानता तर काममा बाधा पुर्याउने खालका कानुन अब हामीले प्रतिकार गर्नु पर्छ । यो नै देशको आवश्यकता हो । देशव्यापी रुपमा महिला अब चुपलागेर बस्नेवाला छैनन् तपाई पुरुषले यस कुरामा ध्यान दिन आवश्यक छ ।

नेतृत्व तहमा महिला पुग्ने हो भने हामीले धेरै किसिमका काममा परिवर्तन गर्न सक्छौं । जुन कुराहरुमा पुरुष नेतृत्वले अहिले सम्म ध्यान पुर्याउन सकेका छैनन् । महिला, बालबालिका तथा जेष्ठनागरिकहरु लगायतका समस्या हामीले सहजरुपमा बुझ्न सक्छौं ।

बाटो निर्माण गरेर विकास पुरा गरेका छौं भनेर मात्र जीविको पार्जन चल्दैन । समाज परिवर्तन गर्न र समाजलाई आत्मनिर्भर बनानउ विभिन्न सिपमूलक तालिम, महिला लक्षित कार्यक्रम, सिप सिकेर आत्मनिर्भर बनाउन उत्पादन भएका सामानको विक्रि वितरणमा समेत ध्यान दिन आवश्यक छ ।

पर्टी भूगोलमा लामो समयदेखि सक्रिय रहेकी पार्वती सुनुवार सरल स्वभावको नेत्रृका रुपमा परिचित छन् । स्थानीयको चाहाना अनुरुप नेत्रृ बराललाई पालिका अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।