Logo

बागमती पेज

बैशाख २, २०७९ शुक्रबार

योगा गर्दा चरम सुख प्राप्त गर्ने महिला ! कारण खोज्दै वैज्ञानिक


काठमाडौं । यौन सम्पर्क गर्दा चरम सुख, कामोत्तेजना वा अर्गेज्म प्राप्त हुनु सामान्य कुरा हो । सम्भोगबिना केवल मस्तिष्कबाटै यौन सन्तुष्टि तथा चरमसुख प्राप्त गर्नु वास्तवमै असम्भव जस्तो लाग्दछ । तर एकजना महिलाले चाहीँ योगा गर्दा चमसुख प्राप्त गरेको दाबी गरेकी छिन्।

ती महिलाले विशेष खालको योगाभ्यास जसलाई तान्त्रिक तालीम भनिन्छ सोहीबाट आफ्नो मानसिक शक्तिमार्फत् चरम सुख हासिल गरेकी छिन् । यसका लागि उनले आफ्नो कुनैपनि यौनाङ्ग उत्तेजित गराउनु परेन ।

आमरुपमा जबसम्म यौनाङ्ग उत्तेजित हुँदैन, तबसम्म पुरुष वा महिलामा अर्गेज्म वा चरमसुख प्राप्त हुँदैन । यो प्रक्रियामा न्युरल पाथवे उत्तेजित हुनु आवश्यक हुन्छ । अर्थात् शारीरिक उत्तेजना । जसका कारण हर्मोनहरुको एक प्रकारको बाढी नै आउँदछ र अन्तसम्ममा एक युफोरियाको स्थिति पैदा हुन्छ, अर्थात् उन्मादको अवस्था बन्दछ ।

यो विषयमा विभिन्न खाले प्रमाणहरु प्राप्त भएका छन् की मानिसहरुले विभिन्न परिस्थितिमा चरमसुख प्राप्त गर्न सक्दछन् । जस्तै सुतेको समयमा, व्यायाम गरेको समयमा वा साधारण रुपमा कुनै तस्वीर हेर्दाहेर्दै । यस्तो लाग्दछ कि मानिसको दिमागमा यस्तो चिज हुन्छ जसले चरमसुखलाई नियन्त्रित गर्दछ । तर यसलाई वैज्ञानिकहरुले पूर्णरुपमा बुझ्न भने सकेका छैनन् ।

शारीरिक तथा यौनांगको उत्तेजना विना नै केवल दिमागको शक्तिबाट चरमसुख हासिल गर्ने कुरा सुन्दैमा अनौठो लाग्दछ । हालै सेक्सुअल मेडिसिन जर्नलमा यस विषयमा शोध प्रकाशित भएको छ ।

उक्त शोध अनुसार क्यारोलिन सासर्कीले आफूलाई यस्तो चरमसुख प्राप्त भएको दाबी गरेकी छिन् । उनले महिलाको चरमसुखका विषयमा अनलाइनमा प्रशिक्षण पनि दिने गरेकी छिन् । उनलाई महिलाको यौनसुख सम्बन्धमा धेरै कुरा थाहा छ ।

उनको चरमसुख प्राप्ती सम्बन्धी दाबीको सत्यता परीक्षणका लागि वैज्ञानिकहरुले निकट भविष्यमा उनको जाँच गर्नेछन् । उनको शरीर तथा उक्त प्रक्रियालाई विभिन्न स्तरमा जैविक जाँच गरिनेछ ।

यसक्रममा चरमसुख प्राप्त गर्ने योगाभ्यास अगाडि, योगाभ्यासका बेला तथा पछिको उनको रगतको नमूना लिइनेछ । त्यसका अलावा ल्युटिनाइजिंग हर्मोन, फोलिकल स्टिम्युलेटिंग हर्मोन, टेस्टेस्टेरोन हर्मो तथा प्रोल्याक्टिनको पनि जाँच गरिनेछ ।

प्रोल्याक्टिन यस्तो हर्मोन हो जसले अर्गेज्मको गुणवत्ताका बारेमा बताउँदछ । यदि यसको मात्रा बढि भयो भने यौनांगलाई उत्तेजित बनाउँदछ । महिलाको चरमसुखको पाँच मिनेटसम्म रगतमा प्रोल्याक्टिनको मात्रामा २५ प्रतिशत सम्मको बढोत्तरी हुन्छ भने १० मिनेटपछि ४८ प्रतिशतसम्म हुन्छ । जबकी अन्य हर्मोनहरु यति मात्रामा देखिँदैनन् ।

आमरुपमा यौनांगको उत्तेजनाबाट पैदा हुने चरमसुख शरीरको तल्लो भागबाट पैदा हुन्छ । यसले मानसिक उत्साह, उल्लास, उन्माद तथा आराम प्रदान गर्दछ । तलबाट माथितर्फ सुखको बहाव हुन्छ । तर क्यारोलिनले भने शरीरको तल्लो भागलाई सक्रिय नबनाइकन मस्तिष्कको प्रक्रियाहरुका माध्यमबाट चरमसुख प्राप्त गर्न सफल भएकी छिन् । अर्थात् माथिबाट माथितर्फ नै सुखको बहाव ।