Logo

बागमती पेज

बैशाख १३, २०७९ मंगलबार

बूढानीलकण्ठ –११ विमल लामाको नेतृत्वमा बन्यो समाजवादी टीम


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा विमल लामाको नेतृत्वमा नेकपा एकिकृत समाजवादीले मनोनयन दर्ता गरेको छ ।

०७४ सालमा एमालेबाट निर्वाचित विमल लामाको नेतृत्वमा बनेको समाजवादी टीमलाई शक्तिशाली रुपमा लिईएको छ । सोही टीम चुनावी मैदानमा उत्रियको हो ।

त्यसैगरी महिला सदस्यमा लामो समयदेखि राजनीतिमा योगदान पुर्याएकी युवा नेतृ रेणुका पराजुली पौडेल, दलित महिला सदस्य सुस्मिता परियार, वडा सदस्यमा शुर्य बहादुर लामा र गणेश कुमार पौडेल रहेका छन् ।

नेकपा एमाले तथा नेपाली कांग्रेसलाई पछिपार्दै नेकपा एसले जित हासिल गर्नसक्ने सम्भावना भएको नेताहरु बताउछन् । यस टीमलाई नगरपालिका भित्रै निकै बलियो टीमको रुपमा लिईएको छ ।