Logo

मेघनाथ पहाडी

बैशाख १३, २०७९ मंगलबार

मेयरको उम्मेदवारी दिंदै केशव स्थापितले भने ‘गेम इज ओभर’


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ ।

राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने दावी गरे ।

गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । नेता केशव स्थापितले भने ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ ‘गठबन्धनको डबल मत ल्याउछु, लेखेर राख्नुस् ।’