Logo

बागमती पेज

बैशाख १८, २०७९ आईतबार

केशव स्थापितलाई कारबाही गर्न ४५ संस्थाको माग


काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि नेकपा एमालेका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई कारबाहीका लागि विभिन्न ४५ संघ संस्थाले माग गरेका छन् ।

मेयरका उम्मेदवार स्थापितले सार्वजनिक कार्यक्रमहरुमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आवद्ध पार्टीले त्यस्तो असंवेदनशील विषयलाई वेवास्ता गरी मेयरको उम्मेदवारमा उठाएको भन्दै ती संस्थाहरुले आपत्ति जनाएका छन् ।

स्थापित उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन्।