Logo

मेघनाथ पहाडी

बैशाख २२, २०७९ बिहीबार

बूढानीलकण्ठमा प्रभावकारी बन्दै घरदैलो अभियान


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै हाल देशव्यापी रुपमा घरदैलो अभियानलाई सबै दलहरुले प्रथामिकताकासाथ जोड दिएका छन् ।

त्यसै क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा सक्रिय रुपमा घरदैलो अभियान गरिएको छ । नेकपा एमालेको तर्फबाट नगरपालिका प्रमुख मिठाराम अधिकारी र उप प्रमुख अनिता लामा चुनावी मैदानमा उत्रियका हुन् ।

हाल घरदैलो अभियानमा सबै दलका नेता कार्यकर्ता उत्साहजनक ढंगले नगर भित्र भोट माग्ने कार्यलाई अगाडी बढाएका छन् ।

स्थानीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र भित्र एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई समेत यस अभियानमा जुटेका छन् । यस अघि भएको स्थानीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ अन्तर्गत बूढानीलकण्ठका सम्पुर्ण वडा नेकपा एमालेले क्लिन स्विप बनाएको थियो ।