Logo

भवानी कार्की

बैशाख २३, २०७९ शुक्रबार

वडाध्यक्षमा शाहको उम्मेदवारी : नगरको उत्कृष्ठ वडा बनाउने घोषणा


दोलखा । भीमेश्वर नगरपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट नेता नारायण शाहले उम्मेदवारी दिएका छन् ।

विगत लामो समयदेखी नेपाली काँगे्रसमा आवद्ध हुँदै आएका नेता नारायण  शाह यस अघि डिविजन बन कार्यलयमा कार्यरत थिए । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका  अन्य दलका जनप्रतिनिधिले वडामा सोचेअनुरुपको काम नगरेकोमा असन्तुष्टी जनाउँदै यस बर्षको निर्वानमा आफुु वडाको अध्यक्ष भएमा वडालाई भीमेश्वर नगरकै उत्कृष्ठ वडा बनाएर देखाउने उनको भनाई छ ।

वडाको विकासका लागि स्थानीय तहबाट मात्र नभएर प्रदेश तहबाट पनि बजेटको व्यवस्था गरेर वडाको विकास गर्ने नेता शाहको भावी योजना रहेको छ । हरेक जातजाति भाषा समुहले मन पराएका एक मात्र नेताका रुपमा नेता शाहलाई हेर्ने गरिएको छ ।

आफू वडाध्यक्ष भएर वडाको मुहार फेरि दिने र शिक्षा, स्वास्थ्य, खानेपानि लागायत विकासका पुुर्वधारका साथै प्रत्येक जनतालाई न्युनतम रोजगार तथा स्वरोजगारको कार्यक्रम ल्याएर जनताको जीवन स्तरमा केहि भए पनि परिवर्तन ल्याउने आफ्नो चाहना रहेको शाहले बताए ।

शाहका चुुनावी प्रतिबद्धता:

  • वडामा गोरेटो बाटोमा स्तर उन्नती
  • धार्मिक स्थलको पुननिर्माण
  • सरकारी विद्यालयमा सुुधार तथा सामाग्री वितरण
  • कृषीमा आधुनिकिकरण तथा बजारीकरण व्यवस्था गर्ने
  • खानेपानि मर्मत सम्भार तथा निसुल्क वितरण
  • स्थानिय उद्योग कलकारखानाको विस्तार तथा सार्वजानिक कलकारखानामा सुुदृढ गर्ने ।