Logo

बागमती पेज

बैशाख २९, २०७९ बिहीबार

धादिङमा माओवादीको आक्रमणबाट काँग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते


धादिङ । धादिङका माओवादी कार्यकर्ताहरुको आक्रमणमा वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र श्रेष्ठ घाइते भएका छन् । बुधबार धादिङ्को नीलकण्ठ नगरपलिका ६ स्थित सुनौलाबजारको देउराली छापमा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

भोर्लेबाट फर्कदै गरेका अवस्थामा माओवादीको आक्रमण हुँदा उनीसहित अन्य २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय घादिङ्ले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा भुपेन्द्र श्रेष्ठ, तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, रामहरी मगराती, राजकुमार श्रेष्ठ र विष्णुकुमार नेपाली रहेको छन् ।

यस्तै गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । सोधपुछको लागि कृष्ण कुमार श्रेष्ठ, अनिल कुमार श्रेष्ठ र सुरेन्द्र शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी नयाव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।