Logo

भवानी कार्की

बैशाख ३०, २०७९ शुक्रबार

स्थानीय निर्वाचन : दोलखामा गोली चल्यो


काठमाडौं । दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले बताए ।