Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७९ आईतबार

फिक्कलमा गठबन्धन अगाडी, एमाले पर्यो पछि !


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमालेलाई पछि पार्दै गठबन्धनले अग्रगामी छलाङ हानेको छ । एमालेको गढ भनिएको फिक्कलमा गठबन्धनले शुरुवाती देखि नै आफ्नो अग्रतालाई कायम पार्न सफल भएको हो ।

हालसम्म १२०१ मत गणना हुदा फिक्कल गठबन्धन अध्यक्षमा निर्प बहादुर भुजेलले ६७१ र एमाले अध्यक्षमा पार्वती सुनुवारले ४५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गठबन्धन उपाध्यक्ष लोकेन्द्र बहादुर कार्कीले ५७७ र एमाले उपाध्यक्षमा राजु बरालले ५०० मत प्रप्त गरेका छन् ।

मत गणनाको शुरुवाती बाटै गठबन्धन तर्फका उम्मेदावरले बढि मत प्राप्त गरेका छन् ।