Logo

भवानी कार्की

जेष्ठ १, २०७९ आईतबार

आयो काठमाडौंको नयाँ मत परिणाम, कसले कति मत ल्याए ?


काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।

आइतबार दिउँसो १२ बजेसम्मको गणना अपडेट अनुसार बालेन २ हजार ६०१ मत प्राप्त गरी अग्रस्थानमा छन्।

उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ३५९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।