Logo

बागमती पेज

जेष्ठ ९, २०७९ सोमबार

वामदेव दम्पती सुटुक्क अमेरिका प्रस्थान !


काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम अमेरिका यात्रामा निस्किएका छन्।

गौतम आइतबार साँझ ८:३० बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेको उच्च स्रोतले जानकारी दिएको छ। गौतम पत्नी तुलसा थापासहित अमेरिका उडेका हुन्।

पारिवारिक स्रोतकाअनुसार गौतम निजी भ्रमणमा अमेरिका गएका हुन्। यद्यपि नेपाल र अमेरिका कुटनीति सम्बन्धको ७५ वर्षगाँठ मनाइरहँदा गौतमको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

नेपाल एमसीसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी अधिकारीको भ्रमण बढेको छ। केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिका भ्रमणमा जाने तयारीमा छन्।

यही बेला एमालेकी सांसदसमेत रहेकी पत्नी तुलसालाई लिएर गीत लेखनमार्फत माधव नेपालको एकीकृत समाजवादीतिर खुलेका वामदेव अमेरिका यात्रामा निस्किएका हुन्।