Logo

भवानी कार्की

जेष्ठ १२, २०७९ बिहीबार

दोलखा हत्याको आशंकामा दुई युवक पक्राउ


काठमाडौँ। दोलखाको झ्याकु घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेतको हत्या आशङ्कामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो । बस्नेतको हत्या आशङ्कामा स्थानीय दुई युवकलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिएका छन् ।

यद्धपी प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । बस्नेतको शव बुधवार बिहान झयाकुस्थित सर्सेपु आधारभूत विद्यालय नजिकैको जङ्गलको रुखमा झुन्डिएको जस्तो अवस्थामा फेला परेको थियो ।