Logo

बागमती पेज

जेष्ठ १९, २०७९ बिहीबार

प्राकृतिक प्रकोपलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याउनुपर्छ : शाक्य


मकवानपुर । नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले मौसम परिवर्तनमा ध्यान दिएर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।

बुधवार बसेको बागमती प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रदेशभित्रको हिम शृङ्खला, नदी नालाहरूको अवस्था, प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।

कम्लाइमेट चेन्जका कारण भइरहेका प्राकृतिक प्रकोपको जोखिमलाई न्यूनीकरण गर्ने प्रकृतिको नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जानुपर्ने उनले बताइन् । सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम व्यवारिसे हुने निश्चित रहेको पनि बताइन् । उनका अनुसार सरकारले जनताको लागि हितकारी योजनाहरू ल्याउन सकेन ।

सरकारले रुग्ण उद्योगहरूको अवस्थाका बारेमा जानकारी लिएर सञ्चालनको योजना बनाउनु पर्नेमा जोड दिइन् । वर्तमान सरकारले केही हदसम्म रुग्ण उद्योग सञ्चालनको योजनाहरू ल्याएको भए पनि त्यसको विस्तृत अध्ययन र वर्तमान अवस्थाबारे भने जानकारी नलिएको उनले बताइन् ।

उनले उद्योग क्षेत्रको विकासबाट बागमती प्रदेशको समृद्धि सम्भव रहको बताइन् । सरकारले महिला हिंसा मुक्त प्रदेश निर्माणमा अघि बढ्नु पर्नेमा उनले जोडिदिइन् । उनले सरकारले बनाएको महिला हिंसा विरुद्धको कानुनहरूको कार्यान्वयनमा अग्रसर पर्ने बताइन् ।