Logo

बागमती पेज

जेष्ठ ३०, २०७९ सोमबार

असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने


काठमाडौं । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो ।

सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने छ ।