Logo

बागमती पेज

असार ३, २०७९ शुक्रबार

बलात्कारको मुद्धा कमजोर बनाउन न्यायधिवक्ताको सरुवा


काठमाडौँ । बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता
संगीता थोकरको सरुवा भएको छ । पिडित बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयले दबाव दिएको र त्यो दबाव नमानेका कारण थोकरको सरुवा भएको हो ।

न्यायाधिक्ताका सरुवा भएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका अभियुक्तलाई जोगाउन लागिपरेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको हो ।

मुद्दा कमजोर बनाउन आरोपितको परिवारले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन नै प्रभावित पारेको थियो । शुरुमा प्रहरीले जाहेरी लिन मानेन, लिएपनि मुद्दा कमजोर बनायो । अभियोजनका क्रममा महान्यायाधिवक्ताले आफ्नो सचिवालय नै प्रयोग गरेर मुद्दा कमजोर बनाउन दवाव दिएको थोकरको भनाई छ ।

बलात्कारको आरोप लागेका सुशीलका बाबु तिर्थराजको पहुँच राजनीतिक तहसम्म छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ उनका व्यापारिक साझेदार हुन् । बझाङको जलविद्युत लगायतमा उनीहरुको व्यापारिक साझेदारी छ । त्यहीकारण यो मुद्दामा प्रहरी प्रशासनले दबाब खेपीरहेको छ ।

आर्थिक र राजनीतिकमा पहँुच भएकाले नै बलात्कारीहरु उन्मुक्ती भइरहेका छन् । नावालीकलाई बलात्कार गर्ने अनि मुद्धा कमजोर बनाउन न्यायाधिवक्तालाईनै सरुवा गरिदिने काहाँको न्याय हो सरकार, न्यायाधिबक्ताले पनि आफु कुनैपनि बलात्कारीको पक्षमा नरहेको बताएकी छन् । जस्तोसुकै दवाव र धम्की आएपनि यस्तो सँवेदनशील अवस्थामा आफुले हार नमान्ने उनको दवी छ ।