Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

जंगली च्याउ खाँदा ओखलढुंगामा एकै परिवरका ३ जनाको मृत्यु


काठमाडौँ । ओखलढुंगामा जंगली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर बिरामी परेका चम्पादेवी गाउँपालिका ७ फुलबारीका २४ वर्षीय राजन विष्टको मृत्यु भएको हो । गत जेठ ३१ गते जंगली च्याउ खाएर बिरामी परेका दुई बाबु छोरीमध्ये बाबुको मृत्यु भएको हो । जंगली च्याउ खाएर यसअघि उनकी आमा ९३ वर्षीया मनमाया बिष्ट र श्रीमती २४ वर्षीया कुमारी लामीछानेको मृत्यु भएको थियो ।

च्याउ खाएर सिकीस्त बिरामी परेका बाबु छोरीमध्ये बाबुको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायव निरिक्षक केशव अधिकारीले जानकारी । दिएका छन । उनीहरुको काठमाण्डौस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । उनकी छोरी सरिस्मा बिष्टको भने उपचार भइरहेको प्रहरी नायव निरिक्षक अधिकारीले बताउनुभयो ।

गत जेठ ३० गते बेलुकी जंगली च्याउ खादाँ चम्पादेबी गाउँपालिका ७ फुलबारीका एकै परिवारको चार जना सिकिस्त बिरामी परेका थिए । बिरामी परेका मध्ये २४ वर्षीया कुमारी लामीछानेको उपचारका क्रममा ओलखढुंगा सामुदायीक अस्पतालमा र अन्य दुई जना ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीय राजन बिष्टको काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो ।