Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

काठमाडौंको नीति तथा कार्यक्रम: समेटियो सुनिताको ‘एमपी थिएटर’ योजना


काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।

मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।

बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।