काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ । आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।
सार्वजनिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।’
उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।
प्रतिक्रिया दिनुहोस्