Logo

बागमती पेज

असार ६, २०७९ सोमबार

देशलाई सफल बनाउने अभियानमा रामचन्द्र पौडेल


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे ।

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नु पर्ने भन्दै अफु पनि सोही अभियानमा निरन्तर लागिरहेको बताएका छन् ।