Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

सिन्धुलीमा मोटरसाईकल र जिप ठोक्किदा १९ वर्षीय युवकको ज्यान गयो


काठमाडौं । सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा एक युवकको ज्यान गुमाएका छन् । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा मोटसाइकल चालक दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भुजेलको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मोरङको बेलका नगरपालिका कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५१७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप आइतबार राती आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्कर दिने जिपसहित चालकलाई प्रहरी डुम्रे ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।