Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

आगामी हुने संघीय प्रदेश निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको संख्या बढ्दै


काठमाडौँ । आगामी हुने संघीय निर्वाचनमा स्वतन्त्र तर्फका उम्मेदवारहरुको सँख्या बढ्दै गएको छ । गत वैशाख ३१ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात स्वतन्त्र उम्मेदवारले पाएको सफलतासँगै काठमाडौँमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढिरहेको हो ।

पछिल्लो समय युवा पुस्ता स्वतन्त्र उम्मेदवारी तर्फ आकर्षित भएका हुन् । काठमाडौँको विभिन्न स्थानबाट स्वतन्त्र उम्मेदवारीहरु चुनावी मैदानमा उत्रिने भएका छन् । यसै विच युवा इञ्जिनियर आकर्षण पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिने भएका छन्। क्षेत्र नम्वर ४ कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि क्षेत्र हो ।

त्यसैगरि ग्यालेक्सी टेलिभिजनका सञ्चालक रवि लामिछानेले पनि स्तन्त्रतर्फ उम्मेदवारी दिने भएका छन् । यद्धपी रवि लामिछानेको भने कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन । रवि लामिछानेका दाई हरिशरण लामिछाने पनि मैदानमा उत्रिएका छन् । रवि लामिछानेका दाजुभाई दुर्व पत्रकारितामा अव्वल रहेका छन् भने दवै एकै पटक चुनावी मैदानमा उत्रिएका हुन् । त्यसैगरि विश्व साइकल यात्री पुस्कर साह पनि क्षेत्र नम्वर २ बाट स्वतन्त्र तर्फ उम्मेदवारी दिने भएका छन् ।

पछिल्लो समय राननीतिक दल भन्दापनि स्वतन्त्र तर्फ र युवा पुस्ताले परिवर्तन अपरिहार्य रहेको उम्मेदवारहरुको भनाई छ ।
भन्दपानि