Logo

बागमती पेज

असार ८, २०७९ बुधबार

नाबालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गर्ने पक्राउ


काठमाडौँ । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका ५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन्।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।