Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

बालबालिकालाई फाईजर खोप लगाउँदै मरिण गाउँपालिका


 काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा ५ देखि ११ वर्ष मुनिका बालबालिकाहरूलाई फाईजर खोप लगाइने भएको छ । गाउँपालिका भित्र रहेका विद्यालयहरूमा असार १० गतेबाट १५ गतेसम्म फाईजर खोप लगाइने भएको हो । 

यस गाउँपालिकाले समयमै खोप लगाई बालबालिकाहरूलाई कोभिडबाट सुरक्षित रहन अनुरोध गरेको छ । सम्बन्धित विद्यालयमा मिति अनुसार बुझेर खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको हो ।

थप जानकारीको लागि नजिकको स्वास्थ्य चौकीमा आवश्यक परामर्श लिन समेत अनुरोध गरिएको छ ।