Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार,भारतमा बेच्ने तयारी भएको खुलासा


काडमाडौँ । भारत सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ । झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि उद्धार गरेको हो ।

नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरीले बताएको छ ।

बालिकालाइ झुक्याइ बेच्ने तयारी गर्ने एक प्रेम जोडी हुन् । १३ वर्षीय बालिकालाई नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै भारत तर्फ लैजादै गर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।