Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

हनी ट्र्याप: सम्पत्ति हात पार्न पटकपटक विवाह र सम्वन्धविच्छेद


काठमाडौँ । मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

यसरीनै जिवन चलाइरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ, सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी भावना नामबाट, सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन्

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

विवाह पश्चात पनि फुर्वाले भावनाको लागि धेरै खर्च गरेको पाइएको छ । विहे गरेर करिव एक बर्ष मात्र नेपाल बसेकी भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिएकी थिइन् । फुर्वा सँग विहे गर्नुभन्दा अगाडी भावनाले ४ जना सँग विहे गरिसकेकी थिइन । विहे गर्दे सम्वन्ध विच्छेद गर्ने उनको व्यवसाय रहेछ ।

युवकसँग विहे गर्दे पैसा असुल्दै भावनो काठमाडौँमा घर जग्गा जोडेकी रहिछन् । विहे गर्ने समयमा आफुसँग भावनाले कती कुरा झुटो बोलेको पछि थाहा भएको फुर्वा बताउँछन् । युवकहरुलाई ट्र्यापमा पार्दे आइरहेकी भावना भने जापानमा बस्दै आइरहेकी छिन् । फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । विहेपछि आफु फसेको थाहा भएको फुर्वा बताउँछन् ।

यो रणनीति बुझेपछि फुर्वाले भावनालाई ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भावनालाई पक्राउ गरिएको छ । यतिबेला भक्तपुर प्रहरी परिसरले भावनामाथि अनुसन्धान जारी राखेको छ ।