Logo

बागमती पेज

असार १३, २०७९ सोमबार

दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए


काठमाडौँ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । भारतीय युवकले धम्काउदै सरसामान समेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको प्रहरीको भनाई छ ।

उनका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी जिल्ला प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।