Logo

बागमती पेज

असार १३, २०७९ सोमबार

एक्सन ओरियन्टेडका रूपमा काम गर्न मन पराउँछु : कृष्णकुमार श्रेष्ठ


काठमाडौँ । निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइमा श्रेष्ठेले आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए ।

उनले सरकारले बजेट पेस गरेपछि त्यसको जवाफ दिएर मात्रै बाहिरिने इच्छा भएकाले केही दिन ढिलाइ भएको र जवाफ दिएपछि बाहिरिएको बताए ।

श्रेष्ठले पदमा रहँदा आफूले कुनै गल्ती नगरेको बरु जति काम गरेको छ ती सबै राम्रा काम गरेको दाबी पनि गरे । ‘हामीले केही गल्ती गरेका छैनौ जति गरेका छौ राम्रो काम गरेका छौ’, उनले त्यसको श्रेय मन्त्रालयका सचिव लगायत सबै कर्मचारीलाई जाने पनि बताए ।

श्रेष्ठले आफूले मन्त्रीका रूपमा आठ महिना २१ दिन बसेर सफल कार्यकाल पुरा गरेको भन्दै नयाँ आउने मन्त्री शेरबहादुर कुँवर पनि आफ्नै पार्टीको भएको र उनलाई पनि आफूलाई जसरी नै सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे । ‘जसरी मलाई २४ सै घण्टा खटिएर सहयोग गर्नुभयो उहाँलाई पनि त्यसरी नै सहयोग गर्न म विनम्र अनुरोध गर्दछु’, श्रेष्ठको भनाइ छ । उनले आफू एक्सन ओरियन्टेडका रूपमा काम गर्न मन पराउने भएकाले कतिपय बेलामा दलालहरूलाई डाइरेक्ट आफैले फोन गरेर पनि पीडितहरूलाई सहयोग गरेको बताए ।

उनले आफू पदमा रहँदा सामाजिक सुरक्षा कोषलाई सातवटै प्रदेशमा विस्तार, ठगिएको करोडौँ रुपैयाँ असुलउपर गरेको, नेपाली श्रमिकलाई ठगेर विदेशमा बस्ने दलाललाई रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याउन सफल भएको बताए ।