Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी


काठमाडौँ । भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान पक्राउ प्रहरीले गरेको हो ।

सूर्यविनायक नगरपालिका ९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती युवतीलाई मनिषले जबरजस्ती गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।