Logo

बागमती पेज

असार १६, २०७९ बिहीबार

जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा


काठमाडौँ । पर्सामा अन्त्येष्टिको लागि जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार राति करिब ११ बजे पर्साको बहुदरमाई नगरपालिका ७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनास्थलबाट तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राति करिब १० बजेतिर प्रहरीलाई एक बालिकाको शव जलाउँदै गरेको भन्ने खबर आएको थियो । आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएको थियो ।

प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन्। उनीहरू एकै परिवारका हुन्। प्रहरीले मृतकको परिचय भने खुलाइसकेको छैन । प्रहरी घटनास्थलमा पुग्दा शव ५० प्रतिशत जलिसकेको अवस्थामा फेला परेको हो। प्रहरीले शवको पोष्टमर्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनामा संलग्न पुरूषहरूको खोजी गरिरहेको जनाएको छ।