Logo

बागमती पेज

असार २०, २०७९ सोमबार

नवनियुक्त तीनजना मन्त्रीको शपथग्रहण आजै हुने


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ ।

जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।

उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सुरु भएको छ । जसपाबाट मन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन् ।