अमेरिका । एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल चयन भएका छन् । जुलाई ३ र ४ तारिख टेक्सासको डाल्लासमा भएको एनआरएन सदस्यहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष चयन गरेपछि बसेको पहिलो बैठकले आइसीसीले तोकेको मापदण्ड अनुसार एनआरएन एनसीसी अमेरिकाको सदस्यता वितरण गर्ने र कार्य समितिको रिक्त पदाधिकारी र सदस्य पदपूर्ति गर्ने निर्णय गरेको छ। पदपूर्तिका लागि अध्यक्ष पौडेललाई जिम्मेवारी दिइएको छ।
एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका आइसीसीका कोषाध्यक्ष सुनिल साहलाई संघको प्रमूख संरक्षकमा चयन गरेको छ। यसैगरी संघको रिक्त एक संरक्षकमा कृष्ण लामिछानेलाई चयन गरिएको छ।
अध्यक्ष सीपी पौडेलका अनुसार संघको राष्ट्रिय समितिको संरक्षकहरुमा यस पहिले नै डा. अर्जुन बन्जाडे, तिलक केसी र शिव राईलाई चयन गरिएको छ। लामिछाने,बन्जाडे र केसी एनसीसी अमेरिकाको गत वर्ष सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए भने राई पूर्व अध्यक्ष हुन् ।
दुई दिने भेलामा एनआरएन आइसीसीका सचिव शंकर खड्का, कोषाध्यक्ष सुनिल साह, सह कोषाध्यक्ष यमुना भट्टराई, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रिय उप संयोजक पुरुषोत्तम बोहोरा र पशुपति पाण्डे समेत सहभागी थिए। आइसीसीका सहभागी पदाधिकारीहरुले अब अमेरिकामा अर्को एनसीसी नरहेको बताए ।
भेलाको उद्घाटनका प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्