Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

गठ्ठाघरमा दुर्घटना, एक जनाको मृत्यु


काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् ।

मंगलबार दिउँसो बा. ४ ख २२१२ नम्बरको बस र बा. ७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।