काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराईको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो पठाइएको छ । खनाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत थिए ।
यस्तै विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा काज सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय महानिरीक्षको सचिवालयमा कार्यरत थिए ।
यस्तै राष्ट्रिय सुरक्षा परिषद्को सचिवयल सिंहदरवारमा कार्यरत कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यररत अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोमा काज सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्