Logo

बागमती पेज

असार २३, २०७९ बिहीबार

चितवन हैजाको उच्च उच्च जोखिममा



काठमाडौँ । संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ।

यी दुवै ठाउँमा त्यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो। यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन्।

भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा त्यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ। यससँगै सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान सुझाव रहेको छ ।

‘पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ।’

लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन्