Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

गाडी बेचेर सडकका खाल्डा पुर्न रोलर किन्दै मेयर हर्क साम्पाङ



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुविधाको गाडी बेचेर रोलर किन्ने भएका छन् । मेयरका लागि भनेर उपमहानरपालिकाले यसअघि किनेका गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा समेत यो कुरा उल्लेख गरेका छन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले पनि अनुमोदन गरेको छ ।

मेयर साम्पाङले लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ।