Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

ठमेलको होटलमा २६ वर्षीया महिला बलात्कृत


काठमाडौँ । काठमाडौँमा एकजना २६ वर्षीया महिला बलात्कृत भएकी छन्।

ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई प्रहरीले पक्रउ गरेको छ।

काठमाडौँ महानगरपालिका २६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।