Logo

बागमती पेज

असार २५, २०७९ शनिबार

स्रष्टा सुशीला पौडेलका दुई कृति विमोचित


काठमाडौँ । साहित्यकार सुशीला पौडेलको दुई कृति “मुक्तक मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) विमोचन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे, समावेशी आयोगका सदस्य विष्णु ओझा, कवि एसपी कोइरालाको आतिथ्यमा लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी औपचारिक रूपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश अधिकारीले स्वागत मन्तव्यका क्रममा कृतिगत रूपमा उल्लेखनीय उपस्थिति जनाउने उदीयमान गजलकार एवं मुक्तककारका रूपमा परिचय बनाउन सफल भएकी सुशीला पौडेलको आगामी लेखन कार्यको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

समावेशी आयोगकी सदस्य विष्णु ओझाले कविताकै माध्यमबाट आफ्नो सुन्दर वैवाहिक जीवनको सुरुवात भएको उल्लेख गर्दै साहित्य र आफ्नो जीवनको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै साहित्यकार सुशीला पौडेल- वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी स्रष्टा रहेकोले उनको सफल काव्यिक यात्राको शुभकामना व्यक्त गरेकी छन् ।