Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट विभाग प्रमुख लिउ


काठमाडौँ । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टी सिपिआई का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान काठमाडौँ आइपुगेका छन्।

आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज बिहान काठमाडौँ आएका हुन्।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन्।