Logo

बागमती पेज

असार २७, २०७९ सोमबार

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु


काठमाडौँ । भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

घटनामा परी इच्छाकामना गाउँपालिका ३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका ४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।