Logo

बागमती पेज

असार २८, २०७९ मंगलबार

मेयर बालेन्द्र शाह सँग कलाकारहरुको भेट


काठमाडौँ । करिब एक दर्जन कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह सँग मंगलबार भेटघाट गरेका छन् । निर्माता निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन् ।

भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्या विषयमा छलफल भएको शर्माले बताए । सो क्रममा कलाकारले स्थानिय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, डिजिटल विज्ञापन बोर्ड, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत फिल्म छायाँकन, चलचित्रकर्मी कल्याण कोष लगायतका पाँचवटा माग राखेको समेत शर्माले जानकारी दिए ।

कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको शर्माको भनाइ रहेको छ । कलाकर्मीको टोलीमा निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का लगायत सहभागी थिए ।