Logo

बागमती पेज

असार २८, २०७९ मंगलबार

रौतहटमा आगलागी, लाखौको धनमाल जलेर नष्ट


काठमाडौँ । रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।