Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

ज्ञानको मार्ग हुन् गुरु : गुरु पुर्णीमा विशेष


गुरु ब्रम्हा, गुरु विष्णु,
गुरु देव महेश्वर,

आज गुरु पुर्णीमा, हरेक प्रकारका शिक्षा आरम्भ गर्नका लागि सर्व प्रथम गुरुको आवश्यकता पर्छ । सत्मार्गको बाटो देखाउने गुरुनै हुन् । त्यसैले गुरुलाई भगवन भन्दापनी माथिल्लो तहमा राखेर पुज्ने गरिएको छ ।

गुरु पुर्णिमा मनाउने चलन परम्परा देखी चलिआएको हो । गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नु पर्ने नियमको ज्ञान बाढ्ने परम्परा सदीयौंदेखि चलिआएको हो । त्यसैले पनि गुर पुर्णीमा एक विशिष्ट गुरु परम्परा हो ।

यदि कुनै पनि मानिसले आजको दिन गुरुको पुजा,ध्यान तथा उच्च सम्मान प्रकट गर्नसकेमा समस्त मनोरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ । गुरुबिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन । गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

मातापिताको आशिर्वाद तथा गुरुको ज्ञान विनाको जीवन नरकतुल्य हुने हुदा हरेक व्यक्तिले सर्वप्रथम आफ्नो प्रथम गुरुका रुपमा आफ्ना मातापिता र गुरुको आदर पुर्वक सम्मान गर्न सक्नु नै गुरु पुर्णिामाको महत्त्व रहेको छ ।