Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

उपसभामुखको चुनाव: यस्तो छ निर्वाचनको कार्यतालिका


काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार असार ३१ गते शुक्रबार निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अर्थात ३१ गते उपसभामुखका लागि निर्वाचन हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ ।

यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।