भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहेस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर, बुद्धी कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।
मेरा इनार नत सत्तल पाटि क्यै नै छन् ।
जे धन चिजहरु छन् घर भित्र नै छन् ।।
त्यस घाँसीले आज कसरी दिए छ अर्ती ।
धिक्कार हो म कन नराखि किर्ति ।।
यो आदिकवि भानुभक्क्त द्धरा रचित चर्तित छन्द कविता हो । यसमा उनले एकजना घाँसीसँग भेटेपछि उसको समाज सेवालाई आधार बनाएर सिर्जना गरेका थिए । घाँसीले दिनभर घाँस काटेर बेच्थ्यो । उ आफै गरीब थियो तर पनि समाज सेवा गरिरहेको थियो । यसरी बेचेर आएको पैसा खर्च गरेर बाटोमा हिँड्ने मानिसलाई पानी पिउन सजिलो हुन्छ भनेर कुवा बनाएको थियो । त्यो कुवा अझैपनि तनहँुमा रहेको छ ।
घाँसीसँगको कुराकानीबाट भानुभक्त प्रभावित भएछन् । अनि उनले आफूले पनि केही नौलो काम गरेर समाजमा नाम राख्न पाए हुन्थ्यो भन्ने सोचे उनको दिमागमा आएछ ।
भानुभक्त आचार्यको जन्म वि सं १८७१ आषाढ २९ गते आजैका दिन नेपाली साहित्यका भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।
भानुभक्तले अध्यात्म रामायण, वधू शिक्षा, प्रश्नोत्तरमाला, भक्तमालाजस्ता कृतिहरू लेखेका छन्। उनको पालामा किताब छाप्ने छापाखाना नभएपनि उनले लेख्न छाडेनन् । उनले लेखेको रामायणको
श्लोक सुनेर नेपाली साहित्यका युवाकवि मोतीराम भट्टले पनि प्रसंसा गरेका थिए । पछि भानुका कृतीहरु मोतीरामले नै छापाएको हुन् ।
उनले लेखेका जुनसुकै कृती उत्तिकै चर्चित छन् ।
एक दिन नारद सत्यलोक पुगि गया लोक्को गरु हित भनी ।
ब्राह्मा तेही थिए प¥या चरणमा खुसी गराय पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रम्हाको करुणा बुझेर ऋषीले बिन्ती ग¥या यो तसै ।।
हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्