Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक पुरुष पक्राउ


काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।