Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

नेप्सेमा दुई कम्पनीको बोनस सेयर


काठमार्डौँ । नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता १९.६२ प्रतिशत र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता २५ प्रतिशत बोनस सेयर रहेको छ ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।